मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

भैरहवा मेलामा आइतबार भोजपुरी कलाकार पुनम पाण्डे आउँदै

Ujyalosandeshonline 12461+ समाचार ( )
१६ मंगशिर २०८०, शनिबार

भैरहवा । भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) अन्तर्गत मंसिर १७ गते आइतबार (भोलि) भोजपुरी कलाकार (गायिका) आउने भएकी छन् । आइतबार साँझ ६ बजेदेखि रुपन्देहीको मर्चवार निवासी भोजपुरी कलाकार पाण्डेको प्रस्तुति रहने महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का पूर्वअध्यक्ष तथा महोत्सवका साँस्कृतिक व्यवस्थापन समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए । त्यस्तै आइतबार गायिका सुनिता बुढा क्षेत्री, लक्ष्मी बस्नेत, रितु शाही, गायक कृष्ण रेउले, दिपु मगर, विष्णु सिंजाली, राजेश सिंङ्गरको प्रस्तुति रहने उनले बताए ।

सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा सञ्चालित महोत्सवमा स्थानीयसँगै राष्ट्रिय कलाकारको प्रस्तुति रहेको महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।

महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुने उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले जानकारी दिए ।

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ महोत्सव सञ्चालन भइरहेको छ ।

महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई र सम्मरीमाई गाउँपालिका, रुपन्देही रहेका छन् ।

त्यस्तै महोत्सवको मुख्य प्रायोजकमा होटल मौर्य, सह–प्रायोजकमा रिया एण्ड रक्षा फुड प्रोडक्ट, माया तेल, एसआर स्टील, नेट पार्टनरमा फाइबर नेट, टिकट प्रायोजकमा एनजी मार्केट मणिग्राम, आधिकारिक बैंकमा प्रभु बैंक, पर्यटन पार्टनरमा बोधी रेडसन होटल र मुख्य गेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार