भैरहवा । भगवान बुद्धसंग समबन्धित स्थानहरुको प्रवर्द्धन गर्ने उद्देश्य सहित भैरहवाबाट " बुद्ध ज्ञान साइकल यात्रा"को आयोजना गरिने भएको छ ।
साइकल सिटी भैरहवाको आयोजनामा २०८० साल देखि हरेक वर्ष आयोजना गर्ने गरी " बुद्ध ज्ञान साइकल यात्रा " आयोजना गरिने संस्थाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । यस पटक यात्रामा २ सय जना साइकल चालकले भाग लिने उनले जानकारी दिए । यसमा भारत र नेपाल बाहेक साइकल यात्रीले नाम दर्ता गराइसकेको र अन्य देशका यात्रीलाइ पनि ल्याउने प्रयास भैरहेको आयोजकले बताए ।
माघको १२ र १३ गते भ्रमण सिद्धार्थनगर सहित रुपन्देहीको पहिचान बढाउन सहयोग गर्नुको साथसाथै नगरको सामाजिक र आर्थिक हैसियत बढाउने सहयोग गर्ने उनले बताए ।
कार्यक्रम संयोजक दिनेश अमात्यका अनुसार करिब १ सय ८० किलोमीटर हुने यात्रामा बुद्ध संग सम्बन्धित स्थानहरुको जानकारी गराउनुको साथै पर्यटन प्रवर्द्धन एवम प्रचार प्रसार हुनेछ । यसले बजार चलायमान गराउनुको साथै शान्ती, श्वास्थ्य र पर्यावरणको लागि साइकल नगरको विकासमा सहयोग गर्ने उनले बताए । यात्राको क्रममा रामग्राम, देवदह, तिलौराकोट, सगरहवा, कुदान गोटिहवा, लुम्बिनी हुदै भैरहवामा आएर समापन हुने कार्यक्रम संयोजक अमात्यले बताए ।
पत्रकार सम्मेलनकि सन्चालन थिरेन्द्र श्रेष्ठले गरेका थिए ।