मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

कोसिली उद्योगद्वारा नेकपा महासचिव विप्लवलाई खाजा सामग्री हस्तान्तरण

Ujyalosandeshonline 12490+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

पोखरा । गण्डकी प्रदेशस्थित नेकपाको पार्टी कार्यालयमा आज एक महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ । स्थानीय कोसिली उद्योगका उद्यमी गोविन्द थापाले पार्टीका  महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई आफ्नै उत्पादनका खाजा सामग्री हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा उद्यमी थापाले स्वदेशमै उत्पादित खाजाका सेट महासचिव विप्लवलाई हस्तान्तरण गर्दै नेपाली उद्योगीहरूले भोग्नुपरेका समस्याहरूबारे अवगत गराए । उनले राज्यको उचित ध्यान र सहयोगको अभावमा उद्योग क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको बताए ।

महासचिव विप्लवसँगको भेटलाई फलदायी मान्दै थापाले आफ्नो उद्योगले उत्पादनसँगै स्वरोजगारी सिर्जनामा पनि योगदान पु¥याएको जानकारी दिए । देशमा व्याप्त राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नराम्ररी असर गरेको उनको भनाइ थियो ।

यस भेटघाटमा महासचिव विप्लवले राष्ट्रिय पुँजीपति र स्वदेशी उद्योगीहरूसँग सहकार्य गरेर देशलाई आत्मनिर्भर र समृद्ध बनाउने आफ्नो पार्टीको स्पष्ट नीति रहेको बताए । 

उनले सहकारीमार्फत उत्पादन र पार्टीको स्वामित्वमा रहेको जग्गालाई एकीकृत रूपमा उपयोग गरी काम अगाडि बढाइएको जानकारी दिए । उद्यमी थापासँगको यो भेटले सकारात्मक सन्देश दिएको विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार