मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

हालसम्मकै ठूलो ऐतिहासिक कोटिहोम महायज्ञ पशुपतिनाथमा श्रावण महिनाभर आयोजना हुँदै

Ujyalosandeshonline 12614+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं । हालसम्मकै ठूलो ऐतिहासिक कोटिहोम महायज्ञ आगामी श्रावण महिनाभर पशुपतिनाथ क्षेत्रमा आयोजना हुने भएको छ । ऐतिहासिक श्री पशुपति कोटिहोम एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ नाम दिइएको उक्त विराट महायज्ञ आगामी श्रावण महिनाको १ गते देखि ३२ गतेसम्म सञ्चालन हुने मानव सेवा फाउण्डेसनका व्यबस्थापक लिला रमण निरौलाले जानकारी दिएका छन । 

ललितपुरको बाडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको हो । 

अहिले महायज्ञको प्रचारप्रसारको लागि आयोजक समितीका सदस्यहरु उपत्यका तथा देशव्यापी दौडानमा रहेका छन । महायज्ञ आयोजक मूल तथा उपसमिती गठन गर्ने देखि लिएर बिशिष्ट निमन्त्रणाको लागि देश तथा विदेशमा ख्याती प्राप्त जगदगुरु,साधु,सन्त,महन्त,प्रशिद्ध कथा वाचक वाचिका,स्थानिय तथा राज नेतालाई भेटने र निमन्त्रणा पत्र हस्तान्त्रण गर्ने कार्य भइरहेको छ । 

महायज्ञ अवधिभर १०८ पण्डित ज्यूहरुबाट विभिन्न पुराणहरुको श्रावण महिनाभर पाठपारायण,१०८ पण्डितद्धारा वैदिक मन्त्र सहित अनवरत रुपमा नियमित हवन।सयौ जनाको सामूहिक ब्रतबन्ध, ५१ सय दिव्य कलश पुजन,चार वेद अठार पुराणको वाचन, ११ हजार बढी बालिकाको कन्या पुजन,हजारौको तुलादा, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान,तण्डुलाचाल चामलको पर्वत निर्माण लगायको कार्यक्रमहरु पनि नियमित रुपमा सञ्चालन हुने छन । 

महायज्ञमा कथा वाचनको रुपमा देश तथा विदेशमा ख्याती प्राप्त वाचन प्रविण पण्डित श्री दीनवन्धु पोखरेल,राधिका दासी र श्रीमदभागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभा लगायको सहभागीता रहने छ । 

धार्मिक,सामाजिक,आध्यात्मिक,स्वास्थ्य तथा वातावरणीय स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको श्री मानव सेवा फाउण्डेसन,नेपालको आयोजनामा उक्त महायज्ञ सञ्चालन हुन गइरहेको हो । 

मानव सेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन । हाल मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अभिभावक विहिन बालबालिकाले निःशुल्क रुपमा गास,वास,कपास,स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आइरहेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार