मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

आइसीसी टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

Ujyalosandeshonline 10783+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको हो ।

क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए । उनले पाँच चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका प्रगत सिंह भने रनआउटको सिकार भए । उनले ७ बल फेस गर्दा ५ रन जोडेका थिए । नभनित र निकोलस कृटोन मिलेर क्यानडाको पारि अघि बढाए । यी दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएपछि क्यानाडले सहजै १०० रन कटाएको थियो । तेस्रो विकेटको रुपमा नभनित अर्धशतकीय पारि खेल्दै आउट भए । 

उनले ४४ बल फेस गर्दा तीन छक्का र ६ चौका प्रहार गरे । १७.५ ओभरमा टिमको स्कोर १५९ रन हुँदा क्यानडाले चौथो विकेट गुमाएको थियो । निकोलस कृटोन ३१ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरे । 

अन्त्यमा श्रीयस मोभा र दिलप्रित बजवाले क्यानडाको टोलीलाई बलियो स्कोरमा लैजाने प्रयास गरेका थिए । तर, बजवा ५ बलमा ११ रन बनाएर रनआउट भएपछि क्यानडाले १९ औं ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो । क्यानडाले १९ ओभरमा ५ औं विकेट गुमाउँदा १७३ रन बनाएको थियो ।

क्रिजमा आएका डिलोन हेलिगरले श्रीयसलाई साथ दिए । यी दुई खेलाडीले ७ बलमा २३ रनको नटआउट साझेदारी गरेपछि क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो । श्रीयस १६ बलमा ३२ तथा दिलप्रित ५ बलमा ११ रन बनाएर आउटआउट पारि खेले ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार