मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

राहदानी सेवाग्राहीका घरमा पुर्‍याउँदै चितवन प्रशासन

Ujyalosandeshonline 12457+ समाचार ( )
१७ वैशाख २०८३, बिहीबार

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब कार्यालयमा आउनुपर्ने बाध्यता हटेको छ । कार्यालयले हुलाक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं २७ मा उल्लेख भएअनुरुप राहदानी हुलाक सेवामार्फत नागरिकको घरदैलोमा उपलब्ध गराउने लागिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हुलाक सेवामार्फत घरदैलोमा सेवा पुर्‍याउनका लागि कार्यालयले  जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरेको छ । जिल्लाका सातै पालिकामा रहेका हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पुर्‍याउने व्यवस्था गरिएको हो । प्रजिअ अर्यालका अनुसार आजदेखि राहदानीको फोटो खिच्न आएका सेवाग्राहीलाई घरमा बुझ्ने की कार्यालयमा आएर बुझ्ने भन्ने विषयको फारम भराइने छ । उहाँले भन्नुभयो, “फारम भर्दा घरमा नै बुझ्ने भन्ने सेवाग्राहीले रु ५५ तिर्नुपर्ने हुन्छ ।

खाममा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बरसहित सो रकम तिरेपछि कार्यालयमा आएको राहदानी सम्बन्धित व्यक्तिको घरमा पुर्‍याउने छ ।”राहदानी बनेर जिल्लामा आइसकेका तर लिन नआएकाहरूको हकमा हुलाक कार्यालयले सम्पर्क गरेर घरमानै लिने की यहाँ आउने सोध्ने प्रजिअ अर्यालले बताउनुभयो । यस्ता राहदानी अहिले एक हजार २११ वटा रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार