मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

खुला सीमानाकामा अवैध गतिविधि रोक्न प्रधानमन्त्रीको निर्देशन

Ujyalosandeshonline 12450+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसंग जोडिएका खुला भारतीय सीमानाकाबाट हुने अवैध कारोबारहरुलाई रोक्न निर्देशन दिएका छन् । शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा राजश्व चुहावट हुने गरेको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्न मुख्य व्यापारीहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिए । 

उनले खुला सीमानाकाको नाजायज फाइदा उठाएर अवैध गतिविधि गर्नेहरु सक्रिय रहेकाले राजश्व संकलनमा पनि कमि देखिएको बताए । प्रधानमन्त्री ओलीले अवैध सरसामान, लागुऔषध जस्ता सामान ओसारपसार गर्नेहरु भन्दा मुख्य व्यापारीलाई नियन्त्रणमा लिइ कारवाही गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा निर्दोष मान्छे फस्ने फसाईने र दोषी उम्किने गरेको टिप्पणी आफूलाई जानकारीमा आएको सुनाए । कुनैपनि निकाय वा कार्यालयमा कुनै निर्दोष व्यक्तिलाई अप्ठ्यारो भाग्नु नपरोस भन्ने हिसाबले कार्य गर्न सम्पूर्ण कार्यालय र निकायहरुलाई उनले सुझाव दिए ।

समृद्ध नेपाल र सुखी नेपालीको धारणा पूरा गर्न सबैजनाले नयाँ तरिकाले, नयाँ ढंगले र नयाँ संकल्पका साथ काम गर्नु पर्नेमा उनले जोड दिए । प्रधानमन्त्री ओलीले संवाद, वार्ता, कानुनी प्रक्रियाबाट हुने कुरामा जोड जबरजस्ती नगर्न सबैमा आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार