मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

लुम्बिनीका विहारहरुको समाधान खोज्न सात दिने अल्टिमेटम

Ujyalosandeshonline 11540+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

भैरहवा । लुम्बिनी विकास कोष भित्र रहेका बौद्ध विहारहरुले पर्यटकलाई होटलको सुविधा दिएको भन्दै लुम्बिनीका होटल व्यवसायीहरुले विरोध जनाएका छन् । होटल व्यवसायीहरुले वर्षौ देखि कोष भित्रका विहारहरुमा सञ्चालित होटलको विरोध गर्दै आएका छन् । यसको दिर्घकालीन व्यवस्थापन गर्न ७ दिने अल्टिमेटम सहित व्यवसायीहरुले लुम्बिनी विकास कोषलाई ज्ञापन पत्र बुझाएका छन् । 

विहार र गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना होइन व्यापारको थलो बनेको भन्दै व्यवसायीहरुले बिरोध जनाएका हुन् । “लुम्बिनी आउने पर्यटकहरुलाई तिर्थालुको नाममा यी गुम्बाहरुमै होटलको सुविधा दिई राख्ने गरिएको छ,” लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने “यसले हामी बेरोजगार हुने अवस्थामा पुगेका छौं ।”

विहारहरुमा सञ्चालित होटलका कारण कोष बाहिर सञ्चालित करिब ९५ वटा होटलहरु खाली रहने गरेको व्यवसायीहरुको गुनासो छ । उनिहरुले विहारमा सञ्चालित यस्ता होटलहरुमा मांसाहारी खानाको साथै मदिरा सम्म चल्ने गरेको आरोप लगाउदै आएका छन् । 

कोष भित्र सञ्चालित यस्ता होटलहरुलाई लुम्बिनी विकास कोषले संरक्षण गरेको होटल व्यवसायी संघका अध्यक्ष ज्ञवालीले आरोप लगाए । “गुरुयोजनाको मर्म विपरीतको कार्यको संरक्षण यो वा त्यो नाम दिएर लुम्बिनी विकास कोषका केही मानिसले गर्दै आएका छन् ।” उनले भने “यसले निजी क्षत्रको ठूलो लगानी, पेशा व्यवसायलाई संकटमा पुर्याएको छ ।”

स्थानीय व्यवसायीको धर्यको सीमा समाप्त अब भएको र अब यसभन्दा अघि पर्खन सक्ने अवस्था नरहेको लुम्बिनी होटल संघद्वारा बुझाईएको ज्ञापनपत्रमा उल्लेख छ । एक साताको अल्टिमेटम दिदै सो अवधिमा समस्या समाधान नभए मायादेवी मन्दिर अगाडी धर्ना बस्ने संघका अध्यक्ष गोविन्द ज्ञवालीले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार