जनकपुरधाममा मुख्यमन्त्री सतीस कुमार सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन

Njn Khanal 15+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

जनकपुर । जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ । शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाहरुले मुख्यमन्त्री सिंहको विरोध गर्नुका साथै मलास जुलुस निकालेका छन् ।

मसाल जुलुस जनकपुरधामको भानू चोक, शिव चोक हुँदै जनक चोकमा पुगेर कोन सभामा परिणत भएको थियो । जुलुसको क्रममा युवाहरुले मुख्यमन्त्री सतीस सिंह मुर्दाबाद, प्रदेश सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

मुख्यमन्त्री सिंहले आर्थिक वर्षको तीन महिना मात्र बाँकी रहेकोमा हालसम्म कुनै विकासको काम नगरेको र बजेट खर्च पनि १ प्रतिसत मात्र भएको आरोप लगाउँदै आफूहरुले मुख्यमन्त्रीको विरोध स्वरुप मसाल जुलुस निकालेको अभियानमा संलग्न अक्षय यादवले जानकारी दिए । 

उनले मुख्यमन्त्री सिंहले बजेट खर्च र विकासको काम गर्नुको साटो राती राती निजी अस्पतालहरुको अनुगमनमा विशेष चाँसो मात्र देखाउने गरेको आरोप लगाए । जनताको कामलाई प्राथमिकता दिनुको साटो अन्य काममा बढी केन्द्रित हुने गरेकोले प्रदेश सरकारको विरोध गरेको यादवले बताए ।आफूहरुले कयौँ पटक ज्ञापन पत्र बुझाएर मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएतापनि मुख्यमन्त्री सिंहले कुनै वास्ता नगरेको भन्दै मसाल जुलुस निकालेको उनको भनाई छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार