मुख्य समाचार
रामनरेश यादव आदर्श नमुना मावि धकधईको विव्यस अध्यक्षमा मिश्र सर्वसम्मत | भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता | ‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ | रेसुंगामा साउने मेलाको भेटी गणना सुरु | शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय | धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद |

‘जग्गा अभावका कारण विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण असम्भव’

Ujyalosandeshonline 12083+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले जग्गा अभावका कारण  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ । 

आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न बजेट छुट्याएर राखेको भएता पनि जग्गा अभावका कारण सम्भव नभएको बताएका हुन् । 

‘यो समितिले कृपया नार्कलाई एउटा निर्देशन तुरुन्त जग्गा उपलब्ध गराइदिनु । यति ढिला किन गर्नुभयो भनेर एउटा निर्देशन दिनुभयो भने असाध्यै राम्रो हुन्थ्यो । हामी त तयारी अवस्थामा छौँ । हामीले डिपिआर गर्न पाइरहेका छैनौँ । यो गत आर्थिक वर्षमा पनि हामीले बजेट राख्यौँ । डिपिआर गर्न शुरु गर्न खोज्यौँ तर जग्गा उपलब्ध भएको छैन र जग्गाका इस्युहरु छन् ।’ उनले भने,‘हाम्रो ३२ रोपनी जग्गा यतापट्टि छ , ५ रोपनी हामीले भाडामा लिएका छौँ । सम्बन्धित निकायले पनि हामीसँग यो जग्गाको विषय सल्ट्याउनुपर्यो । हामी सल्ट्याउन तयार छौँ । जग्गा तुरुन्तै उपलब्ध गराउँछौ भन्ने विषय आइदियो भने सहज हुन्थ्यो । जग्गा उपलब्ध नभएकोले हामीले काम अगाडी बढाउन नसकेको अवस्था छ ।’

उनले विमानस्थलभित्र रहेको आयल निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताए । उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरूको बाध्यता भएको बताए । 

यद्यपि प्रधानमन्त्रीको निर्देशन अनुरूप आफूले काठमाडौं उपत्यकाका केही स्थानहरूमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको बताए । उनले राजनीतिक तहले स्वामित्व नलिएसम्म सो स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने बताए । उनले विमानस्थल भित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार