मुख्य समाचार
रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन |

कञ्चन गाउँपालिकाद्वारा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा १० जना सम्मानित

Ujyalosandeshonline 12445+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अभिमुखीकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। "अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतीको सम्वर्द्धन" भन्ने नाराका साथ आयोजित कार्यक्रममा शारीरिक रूपमा अपाङ्गता भएर पनि समाजमा उत्कृष्ट योगदान पुर्‍याउने १० जना व्यक्तिहरूलाई सम्मान गरिएको हो।

पालिकाले तरकारी व्यवसायी दिलमाया सापकोटा, सिलाई व्यवसायी देव बहादुर दमाई, इन्टरनेट व्यवसायी नारायण खनाल, खेलाडी गीता पौडेल, राजनीतिक अगुवा मदन पौडेल लगायत विभिन्न पेशामा आबद्ध १० जना उद्यमी तथा समाजसेविहरूलाई सम्मान गरेको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नवराज ढकालले अपाङ्गता भएका व्यक्तिहरूलाई निराश नभई हिम्मतका साथ अवसरहरूको उपयोग गर्न आग्रह गर्नुभयो। त्यस्तै, गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन पालिकाले सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत माधवराज पोख्रेलले अपाङ्गता भएका व्यक्तिहरूले अवसर पाए समाजमा सकारात्मक उदाहरण पेश गर्न सक्ने धारणा राख्नुभयो। सो अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता अधिकार र परिचयपत्रको उपयोगिताबारे प्रशिक्षण दिनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार