मुख्य समाचार
जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु |

मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण

Ujyalosandeshonline 12701+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

गण्डकी । राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण गरिएको छ । सो पुस्तक नेपाल पत्रकार महासङ्घ बाग्लुङद्वारा आज आयोजित ‘बागलुङ मिडिया मेला, २०८२’को उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकार्पण गर्नुुभएको हो । साहित्यमा धर्मेन्द्र विह्वल उपनामले परिचित झाले हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ र समुद्र किनारास्थित जगन्नाथसम्मको नियात्रालाई सो पुस्तकमा समेट्नुुभएको छ ।

मुक्तिनाथका सम्बन्धमा मैथिली भाषामा लिखित पहिलो पुस्तकका रूपमा जगन्मुक्ति रहेको बताउँदै लेखक झाले मैथिली भाषीलाई मुक्तिनाथ जान्न र बुझ्न यो उपयोगी बन्ने विश्वास व्यक्त गर्नुुभयो । पछिल्लो समय मुक्तिनाथ दर्शन गर्न जाने मैथिली भाषीको सङ्ख्या बढेको उल्लेख गर्दै उहाँले भन्नुुभयो, “प्रत्येक मिथिलावासीको घरमा शालग्रामको पूजा हुन्छ ।

मुक्तिनाथ शालग्रामको केन्द्र हो ।”यात्राका क्रममा देखिएका विभिन्न विषयवस्तुलाई कुल १०२ पृष्ठमा समेटिएको पुस्तकमा विभिन्न महत्तवपूर्ण तस्वीर पनि समावेश गरिएको छ । उहाँका यसअघि ‘रस्ता तकैत जिनगी’, ‘एक सृष्टि एक कविता’, ‘एक समयक बात्’, ‘शहरक भीडमे एसगर हम’, ‘व्योमक ओहि पार’, ‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’, ‘भ्रमरका उत्कृष्ट नाटकहरु’ (अनुवाद), ‘गोनुु झाका कथाहरू’लगायत विभिन्न कृति प्रकाशित छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार