भैरहवाबाट चार किलो गाँजा बरामद

Ujyalosandeshonline 11971+ समाचार ( )
२३ श्रावण २०८३, शनिबार

भैरहवा । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डाको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाइपासबाट चार किलोग्राम बेवारिसे गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक विकास यादवको कमाण्डमा खटिएको टोलीले गस्ती गर्ने क्रममा स्थानीय धानबारीमा फालिएको अवस्थामा सो परिमाणको गाँजा फेला पारेको हो। बरामद गाँजा आवश्यक कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार