मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

सिदिङ्वा गाउँपालिकाको टोली काठमाडौंमा, न्यायिक समितिको अनुभव आदान प्रदान

Ujyalosandeshonline 12456+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

काठमाडौँ । न्यायिक समितिको कामबारे सिकाई आदानप्रदान गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका न्यायिक समितिका पदाधिकारी काठमाडौं महानगरपालिकामा आइपुगेका छन् । दुई स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारीले न्यायिक कार्य गर्दा बटुलेका अनुभव आदान प्रदान गरेका छन् । 

भेटमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले स्थानीय विवाद निरुपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास आवश्यक हुने बताएकी छन् । ‘भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्छन् । विवादका प्रकृति फरक भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्छ,’ उनले भनिन्, ‘त्यसकारण पनि हाम्रो एकअर्काको अनुभव अर्कोका लागि उपयोगी हुनसक्छ ।’

सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कँडरियाले आवश्यक ज्ञान, अनुभव र दक्ष कर्मचारीसमेत नहुँदा न्यायिक समितिले चाहेअनुसार काम गर्न नसकेको बताइन् । ‘हामीले ‘जनतासँग न्यायिक समिति’ कार्यक्रम सञ्चालन गर्न चाहेका छौँ । वडाहरुबाट पालिका पुग्न टाढा भएकोले वडामै विवाद दर्ता गराउन चाहेका छौँ । हाम्रो यो सोचलाई महानगरपालिकाको अभ्यासले ठूलो सहयोग गरेको छ,’ उनले भनिन्, ‘हामी लक्ष्यप्रति उत्साहित भयौँ ।’

सिदिङ्वाको ७ सदस्यीय टोली काठमाडौं आएको छ । काठमाडौं महानगरपालिकाले गतवर्ष काठमाडौंमा न्यायिक समितिका पदाधिकारीहरूको राष्ट्रिय सम्मेलन समेत गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार