मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

जुम्लामा दुई वटा अस्थायी मतदान केन्द्र राख्न सिफारिस

Ujyalosandeshonline 12450+ समाचार ( )
२२ माघ २०८२, बुधवार

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्र राख्न निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा सिफारिस गरी जिल्लाबाट पठाएको छ ।सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाको मैदान र जिल्लास्थित कारागारमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिनुभयो ।

निजामती कर्मचारी र नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मैदानमा अस्थायी मतदान केन्द्र कायम सिफारिस गरिएको छ । कारागारमा रहेका थुनुवा वा कैदीलाई कारागारको कार्यालयमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको हो । अस्थायी मतदाता नामावलीमा समावेश भएकाले समानुपातिकतर्फको निर्वाचनमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ । आगामी फागुन ५ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन गर्न अन्तिम समयसीमा आयोगले तोकेको छ । हालसम्म ८९१ जनाले अस्थायी मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार