मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

लेखा व्यवसायीको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा

Ujyalosandeshonline 12461+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यही वैशाख ६ र ७ गते लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ । 

लेखा व्यवसायमा लागू भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिने, आर्थिक सुशासन निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र संस्थाका सदस्यको भूमिका बढाएर मुलुकको अर्थतन्त्र सबल बनाउन योगदान दिन तेस्रो राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागिएको आइक्यानका अध्यक्ष सुजनकुमार काफ्लेले बताए । 

आइक्यानद्वारा मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा सम्मेलन तयारी जारी रहेको जानकारी दिइएको छ । अध्यक्ष काफ्लेका अनुसार सम्मेलन उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ ।  

उनले भने, ‘नेपालको परिपे्रक्षमा अन्य क्षेत्रका मान्छेहरु पर्याप्त भएपनि चार्टर्ड एकाउन्टेन्ट्सको सहभागिता छैन । भए पनि विज्ञको रुपमा मात्र रहेको छ । त्यसैले करको परीक्षण, कर निर्धारणका क्षेत्रमा लेखा परीक्षकहरुको सहभागिता कसरी बढाउन सकिन्छ भन्ने बारे सम्मेलनमा जानकारी दिइने छ ।’

चार्टर्ड एकाउन्टेन्ट्सहरूको भूमिका राज्यका निकाय तथा सार्वजनिक संस्थाको वित्तीय कारोबारलाई प्रमाणित गर्ने मात्र नभई आर्थिक सुशासन कायम गर्नका लागि पनि महत्वपूर्ण रहेको बताउँदै उनले मर्यादित लेखा व्यवसायमार्फत पेसागत विश्वास जगाउन आवश्यक भएको उल्लेख गरे । 

दुई दिनसम्म चल्ने सम्मेलनमा छुट्टाछुट्टै पाँच सत्र सञ्चालन हुनेछन् । विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने तथा संस्थासँग सम्बन्धित वृत्तचित्र पनि सम्मेलनमा प्रस्तुत गरिने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार