मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

मर्चवारमा विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाइँदै

Ujyalosandeshonline 12456+ समाचार ( )
११ चैत्र २०८०, आइतबार

मर्चवार । ६७ औं राष्ट्रिय सहकारी दिवस मर्चवार क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यहाँ रहेका ३५ भन्दा बढी सहकारी संस्थाहरुको सहभागीमा गठित सहकारी दिवस मूल समिति मर्चवारको आयोजनामा विभिन्न सहकारी संस्थाहरुमा सहकारी शिक्षा अभिवृद्धि तालिम, सहकारी सचेतना र्‍याली तथा स्वास्थ्य शिविरको आयोजना गरिने समितिका संयोजक अशोक कुमार त्रिपाठीले बताए ।

कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाको करीब ३५ वटा सहकारीमा १८ हजार बढी शेयर सदस्यहरु आबद्ध रहेको त्रिपाठीले जानकारी दिए ।

सहकारी सचेतना र्‍याली कार्यक्रममा प्रमुख अतिथिको रुपमा रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ल, विशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेय, प्रदेश सभा सदस्य कन्हैया बनिया, वसीउद्दीन खाँ लगायत मर्चवारको तीनवटै पालिकाको अध्यक्ष तथा वडाध्यक्षसहित विभिन्न कर्मचारीहरुको उपस्थिति रहने उनले जानकारी दिए । स्थानीय तहसँग समन्वय गरी स्थानीय सरकारको प्रत्यक्ष सहभागीता रहने त्रिपाठीले बताए ।

कार्यक्रमबारे जानकारी दिन मर्चवारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका सदस्य अशोक कुमार तिवारीले चैत १६ गतेसम्म मर्चवारको विभिन्न सहकारी संस्थाहरुमा सहकारीको महत्व, सहकारीको सिद्धान्त, सहकारीको प्रयोग लगायत सहकारीको विभिन्न नीति नियमबारे सहकारी क्षमता विकास तालिम सञ्चालन हुने जानकारी दिएका छन् । 

१७ गते बीउ प्रशोधन केन्द्र कोटहीमाई गाउँपालिका–४ बाट, परसहवा, भवनडिहवा, रोइनिहवा, थुम्हवा, करौता, सेमरा, रायपुर, असुरैना हुँदै ओडवलियामा कोण सभा हुने गरी सहकारी सचेतना ¥यालीको आयोजना गरिएको उनले बताए । र्‍यालीमा विभिन्न निकायसहित २ हजार सहकारीप्रेमीहरुको सहभागीता रहने उनले बताए । 

त्यस्तै चैत १८ गते युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल (युसीएमएस) भैरहवाको सहयोगमा कोटहीमाई–७ स्थित कटया विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने उनले बताए । १९ गते श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लि. मा सहकारी क्षमता अभिवृद्धि तालिम र २० गते जिल्लास्तरीय मुल समारोहमा मर्चवारका सम्पूर्ण सहकारी संस्थाका प्रतिनिधि सहभागी हुने सदस्य तिवारीले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रममा सम्पूर्ण सहकारीप्रेमी, किसान, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागीको लागि आयोजकले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार