मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

रुपन्देहीमा चुनावी भिडन्त रोचक : ६ जना पूर्वमन्त्री चुनावी मैदानमा

Ujyalosandeshonline 12461+ समाचार ( )
१४ माघ २०८२, मङ्गलबार

भैरहवा । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रुपन्देही जिल्ला यतिबेला चर्चाको केन्द्रमा रहेको छ । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये चार वटा क्षेत्रमा ६ जना ‘हेभीवेट’ अर्थात् पूर्वमन्त्रीहरु चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी माहोल तातेको हो । निर्वाचन क्षेत्र नम्बर १, २, ४ र ५ बाट विभिन्न दलका ६ जना पूर्वमन्त्रीहरुले उम्मेदवारी दिएका छन् ।

दलगत उम्मेदवारीको अवस्था हेर्दा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पूर्वस्थानीय विकास राज्यमन्त्री घनश्याम यादव अहिर चुनावी मैदानमा छन् । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वशिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ला प्रतिस्पर्धामा उत्रिएका छन् ।

सबैभन्दा रोचक प्रतिस्पर्धा भने रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा हुने देखिएको छ, जहाँ एकै क्षेत्रबाट तीन जना पूर्वमन्त्रीहरु मैदानमा छन् । उक्त क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्ववनमन्त्री मुहम्मद वकील मुसलमान, नेपाली कांग्रेसबाट पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाह र जनमत पार्टीबाट पूर्वकृषिराज्यमन्त्री ओम प्रकाश यादव (गुल्जारी) उम्मेदवार बनेका छन् । एउटै क्षेत्रमा तीन पूर्वमन्त्रीहरूको उम्मेदवारीले त्यहाँको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

विगतको नतिजालाई फर्केर हेर्दा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका छविलाल विश्वकर्मा, २ बाट एमालेकै विष्णुप्रसाद पौडेल र ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका (स्व.) दीपक बोहरा निर्वाचित भएका थिए । सोही निर्वाचनमा क्षेत्र नम्बर ४ बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी हाल जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला र ५ बाट नेकपा एमालेका वासुदेव घिमिरेले जित हासिल गरेका थिए । यसपटक पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले रुपन्देहीको चुनावी अंकगणितमा कस्तो प्रभाव पार्ला भन्ने विषय प्रतिक्षारत बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार