मुख्य समाचार
भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने | आस्था र एकताको पर्व छठ आजदेखि सुरु, मिथिलाका गाउँबस्ती छठमय | देउसीभैलोको नाममा 'अश्लील नृत्य' : भैरहवाबाट सल्यान, दाङ र गुल्मीका ३ युवती पक्राउ | भीमफेदी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र पीडितलाई तत्काल राहत दिन माग | चिसापानीगढी दुर्घटना अपडेट : एकै टोलका १० सहित ११ जनाको मृत्यु, ६ घाइते | पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा | लुम्बिनीमा देउसीभैलोका नाममा अश्लील नृत्य प्रदर्शन गर्ने दुई महिला नियन्त्रणमा | काठमाडौँबाट सर्लाही जाँदै गरेको ईभी मकवानपुरमा दुर्घटना, १० जनाको ज्यान गयो |

उज्जवल पोखरेलको नेतृत्वमा जनमुखी कार्यक्रम : गर्भवतीहरूलाई पौष्टिक आहार, समयमै घटना दर्तामा प्रोत्साहन

Ujyalosandeshonline 12665+ समाचार ( )
२५ कार्तिक २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालयले गर्भवती महिलाहरूलाई पौष्टिक आहार वितरण गरेको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रममा २१ जना गर्भवती महिलालाई पौष्टिक आहार प्रदान गरिएको वडा अध्यक्ष उज्जवल पोखरेलले जानकारी दिनुभयो ।

वडा अध्यक्ष पोखरेलले यो कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले सोही अवसरमा व्यक्तिगत घटना दर्तालाई समयमै गराउन सबैमा आग्रह गर्नुभयो । "जन्म, विवाह लगायतका व्यक्तिगत घटना दर्ता घटना भएको ३५ दिनभित्रै गराउन म सबैलाई आग्रह गर्दछु," उहाँले भन्नुभयो । समयमै घटना दर्ता गराउने परिवारका लागि वडा कार्यालयले प्रोत्साहन स्वरुप विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविका अमिता श्रेष्ठको स्वागत मन्तव्य र वडा सचिव विनोद कुमार कर्णको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख जानुका जि.सी., मिन बहादुर गुरुङ र असर्फी हरिजन लगायतले आफ्ना भनाइ राखेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार