मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव |

जनप्रतिनिधि नै गाउँपालिकाको कार्यालय अगाडी धर्नामा

Ujyalosandeshonline 12466+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालय अगाडी  जनप्रतिनिधि नै विभिन्न माग राखी धर्नामा बसेका छन् । गाउँपालिकाका वडाध्यक्षको नेतृत्वमा २१ जना निर्वाचित सदस्यहरु १३ सूत्रिय मागहरु राख्दै  धर्नामा बसेका हुन ।

गाउँपालिकाको सरुअठा स्थित कार्यपालिकाको कार्यालय अगाडी वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा १ देखि ५ वडाका २१ जना सदस्यहरु बुधवार विहान १० बजे देखि धर्नामा बसेका छन । संघर्ष समितिका संयोजक  समेत रहेका यादवका अनुसार गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल समेतको मिलोमतोमा कानुन विपरित काम गरिरहेको पाइएकाले आन्दोलित हुनु परेको हो ।

पालिकाबाट हुने हरेक काम पार्दर्शीता, निष्पक्षता, मितव्यतिता, सुशासनमैत्री हुनु पर्ने उनले  बताए ।आर्थिक बर्ष २०७९ देखि ८२ सम्मको गाउँ सभाको निर्णय, कार्यपालका बैठकको निर्णय, लेखा परिक्षण प्रतिवेदन , गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीहरुको नियुक्ति र त्यसको प्रक्रिया लगायत माग गरिएको उनले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष महमद सउदले गाउँ सभा गर्ने तयारी समेत भै रहेकाले विरोध नगर्न सुझाव दिए । गाउँसभाबाट मागहरु पारित भएपछि  विचार गरेर दिनुपर्ने सूचना उपलब्ध गराउने उनले  प्रतिबद्धता जनाए ।आउदो ६ गते गाउँ सभा गर्ने तयारी थालेको समेत उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार