मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

रुपन्देही-३ का जसपा उम्मेदवार श्रीनिवास यादव एमालेमा

Ujyalosandeshonline 12461+ समाचार ( )
४ फाल्गुन २०८२, सोमबार

भैरहवा। जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रीनिवास यादव नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ। सोमबार भैरहवामा आयोजित एक कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भूमिश्वर ढकाल, गुमादेवी आचार्यसहितका नेताहरूले यादवलाई पार्टीमा स्वागत गर्नुभयो।

यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि नेकपा (एमाले) नै प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित हुने ठहर गर्दै जसपा नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गर्नुभयो। उहाँले मतदाताको मनोभावनालाई समेत ध्यानमा राखेर यो निर्णय लिएको बताउनुभयो।

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले श्रीनिवास यादवको प्रवेशले रुपन्देही-३ मा एमालेको जितलाई थप सुनिश्चित गरेको बताउनुभयो। उहाँले यो प्रवेशले अन्य क्षेत्रमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै, २०७९ सालमा एमालेले प्रदेशका पाँचवटामध्ये तीनवटा क्षेत्र जितेको र यसपटक पाँचवटै क्षेत्र जित्ने लक्ष्य राखेको जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार