मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

विशेष अदालतद्वारा पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

Ujyalosandeshonline 12455+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

काठमाडौँ । विशेष अदालतले पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई सोमबारदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतको यो आदेशसँगै अब विभागले अनुसन्धानका लागि पुनः म्याद थप गर्न पौडेललाई सात दिनपछि मात्र विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ । उपाध्यक्ष पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो । पक्राउ परेलगत्तै उनलाई सोही राति नै स्थलमार्ग हुँदै काठमाडौँ ल्याइएको थियो भने सोमबार अदालत खुल्नासाथ म्याद थपका लागि उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप भएसँगै विभागले उनीमाथि लागेका आरोपबारे विस्तृत छानबिन अघि बढाउने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार