मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

बजेटमा ओलीको प्रश्न— ‘यो अर्थमन्त्रीको बजेट हो कि गठबन्धनको ?’

Ujyalosandeshonline 12455+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

काठमाडौं । गठबन्धन सरकारका तर्फबाट आएको नयाँ बजेटले सहकार्य संस्कृतिको प्रतिनिधित्व नगरेको भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।

एमाले संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षण दिँदै गठबन्धन दलका मुख्य नेता ओलीले बजेट अर्थमन्त्रीका तर्फबाट मात्र आएको जस्तो देखिएको भनेर टिप्पणी पनि गरेका छन् । ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको भनेर टिप्पणी गर्दै सरकारमा सहभागी दलसँग परामर्श गरेर बजेट ल्याएको भए राम्रो हुने थियो भनेका छन् ।

ओलीको बजेट प्रतिक्रिया थियो— ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ ।’

ओलीले यसरी एकतर्फी रुपमा आएको बजेटमा गम्भीर त्रुटि रहेको भन्दै संसदमा खुलस्त छलफल गर्न सांसदहरुलाई निर्देशन दिए । सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनको सुझाव थियो ।

अध्यक्ष ओलीले भने— ‘हामी बजेटलाई समर्थन गर्छौं र पारित पनि गर्छौं । तर यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनुहुँदैन भन्ने होइन ।’  

ओलीले गठबन्धन भनेपछि सरकारले यसको मर्म र भावनालाई बिर्सन नहुने भन्दै सहकार्यमा एकलौटी चल्न नसक्ने धारणा व्यक्त गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार