मुख्य समाचार
जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु |

ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता :
उदघाटन खेलमा ग्राण्ड कस्मो विजयी

Ujyalosandeshonline 12701+ समाचार ( )
१३ माघ २०८०, शनिबार

भैरहवा । नेपाल र भारतको क्रिकेट टिम सहभागी ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता शनिबारबाट लुम्बिनीमा सुरु भएको छ । शनिबार भएको उदघाटन खेलमा ग्राण्ड कस्मोले गनवरिया क्रिकेट क्लबलाई ९९ रनले पराजित गरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको ग्राण्ड कस्मोले निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १९३ रनको बिशाल योगफल तयार गरेको थियो । ग्राण्ड कस्मोको लागि अमृत पाठकले २९ बलमा ३ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक ६० रन बनाए । यस्तै रुपेश चौधरीले ४१ रन र दिप सिंहले २६ रन बनाए । 

बलिङमा गनवरियाका सन्तोष र दिपजलले समान २÷२ विकेट लिए । 

१९४ रनको लक्ष्य सहित मैदान छिरेको गनवरिया क्रिकेट क्लब १२ दशमलव २ ओभरमा आफ्नो सबै विकेट गुमाउदै ९४ रन मात्र बनाउन सक्यो । उसका लागि जितुले सर्वाधिक ४४ रन र कासीमले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न सकेनन् । 

ग्राण्ड कस्मोका बलर बैतुल्लाह खाँनको घातक बलिङको अगाडी गनवरिया टिम नतमस्तक भएको थियो । बैतुल्लाहले ३ ओभरमा १ मेडेन सहित मात्र १५ रन खर्चिदै  ३ विकेट लिए । यस्तै रुपेश चौधरी, गोविन्द चौधरी र सकील खाँनले समान २÷२ विकेट बाडे । ४१ रन बनाउदै २ विकेट समेत लिएका ग्राण्ड कस्मोका रुपेश चौधरी म्यान अफ द म्याच घोषित भए । 

यस अघि भएको उदघाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी प्रदेशमा विकास संगै खेलकुद विकासलाइ पनि प्राथमिकता दिएको बताए । युवाहरुलाइ कुलतबाट जोगाउन र उनिहरुको समग्र विकासमा खेलले महत्वपूर्ण भूमिका खेल्ने हुदा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने उनले बताए । 

शनिबारबाट सुरु भएको प्रतियोगितामा भारतका १६ टिम र नेपालका १६ टिम गरि ३२ वटा टिमको सहभागीता रहेको लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले बताए ।  

प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएका छन् । यस्तै नेपालको सिरहा, नेपालगञ्ज, कपिलवस्तु लगायतबाट टिमको सहभागीता रहेको छ । 

टेनिस बलले नकआउट आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगिता मध्ये पर्दछ । पहिलो पुरस्कार २ लाख रुपैया तथा दोश्रो पुरस्कार १ लाख रुपैया रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार