मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

Ujyalosandeshonline 12463+ समाचार ( )
५ अशोज २०८२, आइतबार

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु गरेको छ । जेन–जी आन्दोलनकारीले भदौ २४ गते वीरेन्द्रनगर नगरपालिकासहित १२ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भए पछि नगरपालिकासहित वडा कार्यालयको सेवा ठप्प भएको थियो । सेवा प्रभावित भएको १२ दिन पछि आइतबारदेखि नगरपालिका कार्यालयबाटै सबै वडाको सेवा प्रवाह थालिएको नगर प्रमूख मोहनमाया ढकालले बताईन् । 

आगजनी र तोडफोड गरिएका वडा कार्यालयको पुर्ननिर्माण, मर्मत र पूर्वाधारहरुको तयारीका लागि समय लाग्ने भएकाले नगरबासीको सेवामा अवरोध हुन नदिन नगरपालिकाबाटै सेवा प्रवाह गर्न थालिएको नगरप्रमूख ढकाललेको भनाई छ । ‘वडा कार्यालयहरु बनाउन समय लाग्ने र सबै कागजातहरु पनि जलेर नष्ट भएकाले नगरपालिकाबाटै सेवा सुरु गरिएको छ’ उनले भनिन्, ‘हाललाई नगरपालिकाका केही कोठा र नगरपालिकासंगै जोडिएको जिल्ला समन्वय समितिका केही कोठा भाडामा लिएर नागरिकलाई सेवा दिईने छ ।’  

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीमा नगरपालिका र वडा कार्यालयका जिन्सी तथा सवारीसाधनमा क्षति पुगेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ देखि १२ का सबै वडा कार्यालय जलेर ध्वस्त भएपछि सेवा प्रवाह रोकिएको थियो । वडा कार्यालयबाट हुने जन्म–मृत्युदर्ता, नागरिकता सिफारिस, कर संकलन जस्ता दैनिक कामहरुसमेत प्रभावित भएका थिए । 

नगरपालिकाको झण्डै ३ करोडको क्षति

भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका कार्यालयमा २ करोड ७५ लाख बराबरको क्षती भएको छ । वीरेन्द्रनगरका १२ वटा वडा कार्यालयको क्षती मुल्याङ्कन भई रहेको छ । यसले वीरेन्द्रनगरको क्षती धेरै बढ्ने अनुमान गरिएको छ । आन्दोलनमा उत्रिएका युवाहरूले नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । 

नगरपालिकाको भवन तथा कोठा, फर्निचर तथा फिक्चर्सका सामाग्री, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक, सवारी साधन तथा अन्य विद्युतीय उपकरण र सामाग्रीहरु गरी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको दुई करोड ७५ लाखको क्षती भएको प्रारम्भिक अनुमान गरिएको नगरपालिकाका जिन्सी शाखा प्रमूख खड्क बहादुर केसीले जानकारी दिए । ‘नगरपालिका मातहतको सिटी हलको क्षतीको विवरण पनि यसमा समावेश छ’ केसीले भने, ‘आन्दोलनका क्रममा नगरपालिकाका १२ वटा वडा जलाइएका छन्, वडाको क्षती मुल्याङ्कन भई रहेको छ ।’  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै