मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

पोखरामा सुरक्षा गोष्ठी: निर्वाचन सुरक्षा रणनीति र 'जेनजी आन्दोलन' पछिको अवस्थाबारे विमर्श

Ujyalosandeshonline 12463+ समाचार ( )
२९ मंगशिर २०८२, सोमबार

कास्की । गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयुक्त आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा रणनीतिमा केन्द्रित रहेको थियो । गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत सरकारी उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले गोष्ठीमा प्रदेशको समग्र सुरक्षा अवस्थाको विश्लेषण सहित आगामी सुरक्षा रणनीति र कार्यदिशाका विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "विशेष गरी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी निर्वाचन सुरक्षा योजनामा केन्द्रित रहेर छलफल भएको छ ।"

गोष्ठीका क्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार गोष्ठीमा गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दङ्गालले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशनात्मक भनाइ राख्नुभएको थियो । 

प्रजिअ शर्माले भन्नुभयो, "गोष्ठीमा निर्वाचन सुरक्षा योजनाका विषयमा विस्तृत छलफल भयो । साथै, 'जेनजी आन्दोलन' पछिको अवस्थामा सुरक्षा निकायलाई उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीज्यूले विशेष निर्देशन दिनुभएको छ।" गृह मन्त्रालयले निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको जनाएको छ । यस गोष्ठीले प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरी प्रभावकारी निर्वाचन सुरक्षा रणनीति तय गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार