मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

स्वास्थ्य स्वयंसेविकालाई तिलोत्तमा–५ ले दियो साईकल

Ujyalosandeshonline 12455+ समाचार ( )
२७ माघ २०८०, शनिबार

तिलोत्तमा । सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच ल्याउन रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–५ का क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरिएको छ । करिब २ लाखको लागतमा तिलोत्तमा वडा–५ का ९ जना स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख रामकृष्ण खाण, वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे लगायतले साईकल वितरण गरेका हुन् ।

सो अवसरमा बोल्दै नगरप्रमुख खाणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दै आएको बताए । उनले अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल वितरण गरिएको बताए । ‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उनले भने, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ कोरोना महामारी र नियमित खोप अभियानमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन र बाल तथा मातृ मृत्युदर कम गर्न यस्ता कार्यक्रमले सघाउने उनले बताए ।

स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस् भनेर साईकल वितरण गरिएको तिलोत्तमा–५ का वडाध्यक्ष डुम्रेले बताए। महिला स्वास्थ्य स्वयंसेविका राधा खनाल रेग्मीले साईकल वितरण आवश्यक रहेको र यसले स्वास्थ्य सेवा प्रवाहमा आफूलाई सजिलो हुने र घर–घरमा पुग्ने बताए ।

कार्यक्रममा तिलोत्तमा–५ का सचिव हरिप्रसाद खतिवडा, वडा–५ का वडा सदस्य हरि पन्थ, धर्मादेवी न्यौपाने, हिरा गिरी, टोल विकासका अध्यक्ष हरीप्रसाद पाण्डे, वडा स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारी, चुरामणि पाण्डे लगायतले साईकलको सही सदुपयोग गर्दै स्वास्थ्य क्षेत्रमा थप सहज वातावरण निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार