मुख्य समाचार
रामनरेश यादव आदर्श नमुना मावि धकधईको विव्यस अध्यक्षमा मिश्र सर्वसम्मत | भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता | ‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ | रेसुंगामा साउने मेलाको भेटी गणना सुरु | शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय | धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद |

अफगानिस्तानविरुद्ध टी २० मा भारतको सहज जित

Ujyalosandeshonline 12083+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

काठमाडौं । अफगानिस्तानविरुद्धको तीन खेलको टी २० क्रिकेटमा भारतले सुखद् सुरुआत गरेको छ । मोहालीमा आज भएको खेलमा भारतले ६ विकेट जित निकाल्दै सिरिजमा १–० को अग्रता लिएको हो । अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य भारतले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

भारतलाई जिताउनका लागि शिवम दुवेले उत्कृष्ट पारि खेले । १४ महिनापछि टी २० मा कमब्याक गरेका कप्तान रोहित शर्मा भने फ्लप भए । उनले २ बल फेस गर्दा खाता नखोल्दै रनआउट भएका थिए ।  रोहित आउट भएपछि क्रिजमा आएका तिलक वर्मा र ओपनर शुभमन गीलले २८ रनको साझेदारी गर्दै भारतको पारि अघि बढाएका थिए ।

दोस्रो विकेटको रुपमा गील व्यक्तिगत २३ रन बनाएर आउट भए । उनले १२ बल फेस गर्दा ५ चौका प्रहार गरे । त्यसपछि शिवम दुवे र वर्माले २९ बलमा ४४ रनको साझेदारी गर्दै भारतको स्कोर ७२ रन बनाए । तेस्रो विकेटको रुपमा वर्मा ८.४ ओभरमा २६ रन बनाएर आउट भएका थिए । उनले २२ बल फेस गर्दा १ छक्का र २ चौका प्रहार गरे । दुवेलाई साथ दिन क्रिजमा आएका जितेश शर्माले गतिलो साथ दिए ।

यी दुईबीच ४५ रनको साझेदारी भएको थियो । शर्मा २० बलमा ५ चौकाको मद्दतले ३१ रनको पारि खेलेर आउट भएका थिए । शर्मा आउट भएपछि दुवेलाई साथ दिन आएका रिंकु सिंहले नटआउट पारि खेल्दै भारतलाई जित दिलाए । दुवेले अर्धशतकीय पारि खेलेका थिए । दुवेले ४० बलमा नटआउट ६० रन बनाए । दुवेले २ छक्का र ५ चौका प्रहार गरे । यसैगरी सिंहल ९ बलमा नटआउट १६ रन बनाउँदा २ चौका पैहार गरे । 

अफगानिस्तानका मुजीव उर रहमानले २ विकेट लिँदा अज्मतुल्लाह ओमरजाइले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

पहिले ब्याटिङ गर्न आएका अफगानिस्तानका ओपनरले सुस्त सुरुवात गरेका थिए । रहमानुल्लाह गुरबाज र कप्तान इब्राहिम जद्रानले ८ ओभरमा ५० रन जोडे तर अक्षर पटेलले गुरबाजलाई २३ रनमा आउट गरे भने शिवम दुबेले जाद्रानलाई २५ रनमा पभेलियन पठाए ।

हमत शाह डेब्यु खेलमा मात्र ३ रन बनाउन सके र अक्षर पटेलको शिकार बने । चौथो विकेटका लागि मोहम्मद नाबी र अजमातुल्लाह ओमरजाईबीच ६८ रनको अर्धशतकीय साझेदारी गरेका थिए । मोहम्मद नाबीले २७ बलमा २ चौका र ३ छक्का सहित ४२ रनको तुफानी पारि खेले । अर्कोतर्फ ओमरजाईले २ चौका र १ छक्का सहित २९ रनको उत्कृष्ट इनिङ खेले । अन्त्यमा अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले १९ रन र करिम जनातले ९ रन बनाए । भारतका लागि अक्षर पटेल र मुकेश कुमारले २–२ विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार