मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

हथिहवामा नेपाली कांग्रेसको होली मिलन कार्यक्रम

Ujyalosandeshonline 12461+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

कपिलवस्तु । नेपाल भारत सीमा क्षेत्र नजिक शुद्धोधन गाउंपालिकाको हथिहवामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले एक आपसमा होलीको शुभकामना आदान प्रदान गर्दै होली मिलन कार्यक्रम सम्पन्न गरेका छन् ।

शुद्धोधन गाउंपालिका वडा नं. ५ का अध्यक्ष आशुतोष सिंहले आयोजना गर्नु भएको होली मिलन कार्यक्रममा नेपाली कांग्रेसका नेता भारतका लागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्याय, पुर्व सांसद अभिषेक प्रताप शाह, लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, नेपाल प्रहरीका पुर्व एस.एस.पी.विक्रम सिंह थापा लगायतका नेताहरुले माओवादी द्धन्दका बेला विस्थापित भएका सीमा क्षेत्रका छोटी भंसार कार्यालय पुर्नस्थापना, सीमा नाकाबाट सहज आवागन लगायतका समस्याहरु प्रति प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण हुनु पर्ने बताए ।

सीमा क्षेत्रका समस्या समाधानका लागि वर्तमान सरकार गम्भीर हुनु पर्नेमा नेपाली कांग्रेसका नेताहरुले जोड दिएका छन् । सीमा क्षेत्रका नागरिकहरुलाई राज्यबाट प्रवाह हुने सवै खाले सेवा सुविधा सहज ढंगबाट दिईनु पर्ने, सीमा क्षेत्रका नागरिकहरुलाई सहज मलखाद तथा विउ विजन उपलब्ध गराउनु पर्ने नेताहरुले माग गरेका छन् ।

नेपाली कांग्रेसका पुर्व सभापति राजेश आचार्य, जिल्ला नेताहरु राजेश सिंह ज्ञवाली, सुरेश शर्मा, वजीह अरशद, आशुतोष सिंह, सिडियो पाठक लगायतका नेताहरुले गाउं गाउंमा नेपाली कांग्रेसको संगठन विस्तार गरी आगामी २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन सवै नेता कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु दुनिका भुषाल, डोलकराम घिमिरे, अनुप पाण्डेय, विश्वम्भर कुर्मी लगायतले ग्रामीण स्तरमा आम सर्वसाधारणले भोगेका समस्याहरु प्रति मुलुकका ३ तहकै सरकार जिम्मेवार हुनु पर्ने बताएका छन् ।

शुद्धोधन गाउंपालिका वडा नं. ५ का वडा अध्यक्ष आशुतोष सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रम हरिहर यादवको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार