मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

गोरखाको हिरासत कक्ष अब ‘मानव अधिकारमैत्री’, घरबाट ओछ्यान बोक्नुपर्ने बाध्यता हट्यो

Ujyalosandeshonline 12456+ समाचार ( )
२७ मंगशिर २०८२, शनिबार

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले आफ्नो हिरासत कक्षलाई स्तरोन्नति गरी बन्दीहरूको मानव अधिकार अनुकूल बनाएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर कार्यालयले हिरासतमा रहेका थुनुवाहरूको सहजता र सुरक्षाका लागि भौतिक पूर्वाधार तथा सेवा सुविधामा सुधार गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी भरत बिकका अनुसार हिरासत कक्षको स्तरोन्नतिसँगै अब बन्दीलाई भेट्न आउने आफन्तले घरबाटै ओढ्ने तथा ओछ्याउने कपडा बोकेर आउनुपर्ने बाध्यता सधैँका लागि अन्त्य भएको छ । प्रहरीले बन्दीहरूको मानव अधिकारको सम्मान गर्दै हिरासत कक्षलाई पूर्ण रूपमा सरसफाइ गरेको छ भने चिसो मौसमलाई ख्याल गर्दै न्यानो ओढ्ने र ओछ्याउने कपडाको व्यवस्था मिलाएको छ । यसका साथै हिरासतमा बस्नेहरूका लागि तातो–चिसो पानी, पानी राख्ने थर्मस र लगाउनका लागि टिसर्ट लगायतका आवश्यक सामग्रीहरूको सुविधा समेत उपलब्ध गराइएको छ ।

हिरासत कक्षको यो सुदृढीकरण कार्यका लागि स्थानीय सरकारले आर्थिक सहयोग उपलब्ध गराएको थियो। गोरखा नगरपालिका र आरुघाट गाउँपालिकाबाट प्राप्त भएको कुल ३ लाख ९४ हजार रुपैयाँ आर्थिक सहयोगबाट हिरासत कक्षमा रङ्गरोगन गर्नुका साथै थप सेवा सुविधाहरू जडान गरिएको एसपी बिकले जानकारी दिए ।

हिरासतमा रहेका व्यक्तिहरूको मौलिक अधिकार, स्वास्थ्य, सुरक्षा र मानव अधिकार संरक्षण गर्ने उद्देश्यले यो सुधार गरिएको हो । एसपी बिकले विगतको तुलनामा अहिलेको हिरासतको अवस्थामा धेरै अन्तर आएको बताए । आर्थिक सहयोग जुटाएर गरिएको यस स्तरोन्नतिपछि अब थुनुवाहरूले आधारभूत सुविधाकै लागि पनि कष्ट भोग्नु नपर्ने र हिरासत बसाई मानव अधिकारमैत्री भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार