मुख्य समाचार
विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा | पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित | ‘करेन्ट’ र ‘लाली’ चाउचाउसहित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न सरकारको आदेश | ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा | स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो | भोजपुरको मानेभञ्याङ बजार | इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित | डिएसपी जिसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ | नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल | मानव बेचबिखनका दलाललाई कडा सजाय देउ, सीमापारि नर्कमा रहेका चेलीको तत्काल उद्धार गर: सांसद पौड्याल |

सिद्धार्थ राजमार्गका जोखिमयुक्त क्षेत्रमा सवारी आवागमनमा रोक, पाल्पा प्रशासनको पूर्वतयारी

Ujyalosandeshonline 11273+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

पाल्पा । पाल्पा जिल्ला प्रशासन कार्यालयले जल तथा मौसम विज्ञान विभागको मनसुनजन्य विपद्को चेतावनीपछि सतर्कता अपनाउन सूचना जारी गरेको छ। असोज १८, १९ र २० गते लुम्बिनी प्रदेशलगायत देशका विभिन्न भू-भागमा मध्यम तथा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान र भू-क्षय जस्ता विपद्को जोखिमबाट बच्न पूर्वतयारी र प्रतिकार्यमा जुट्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

सूचनामा अत्यावश्यक कामबाहेक घरबाहिर यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न, बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानका बासिन्दालाई सुरक्षित ठाउँमा सर्न, तथा नदी र खोला किनारका बासिन्दालाई बाढीको उच्च बहाव आएमा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। यसका लागि स्थानीय तहसँग समन्वय गर्न पनि भनिएको छ।

जिल्लाका सबै सुरक्षा निकाय, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, नागरिक समाज र निजी क्षेत्रलाई विपद् पूर्वतयारीमा जुट्न र आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देश दिइएको छ। अत्यावश्यक वस्तु तथा सेवाका सवारी साधनबाहेक अन्य लामो तथा छोटो दूरीका सवारी साधन नचलाउन यातायात व्यवसायी र निजी क्षेत्रलाई अनुरोध गरिएको छ।

विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहत आवश्यक परेमा जिल्ला आपतकालीन सञ्चालन केन्द्र वा अन्य तोकिएका सम्पर्क व्यक्तिहरूलाई जानकारी गराउन पनि भनिएको छ। यसैबीच, पाल्पाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पनि केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको समीक्षा गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाबमोजिम यस जिल्लामा पनि सिद्धार्थ राजमार्गअन्तर्गतका सिद्धबाबा, बिस माइल पुल, चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा-गुल्मी सडक खण्ड र कालिगण्डकी करिडोरमा पहिरो जान सक्ने जोखिम रहेकाले असोज १८, १९ र २० गतेसम्मका लागि अत्यावश्यक वस्तु तथा सेवाका सवारी साधनबाहेक लामो दूरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको छ। यसको निरन्तर अनुगमन तथा निगरानी गरिनेछ।

साथै, यातायात व्यवसायीलाई लामो तथा छोटो दूरीका सवारी साधन नचलाउन अनुरोध गर्ने र उक्त अवधिमा स्थानीय तहहरूलाई बाढी, पहिरो, डुबान एवं प्राकृतिक विपद् आइपरेमा तत्काल उद्धारका लागि आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहन अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै