मुख्य समाचार
गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख | अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी |

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुने

Ujyalosandeshonline 2393+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल बिहान ११ः४५ बजेदेखि शुरु हुनेछ । 

आज नेपालले हङकङविरुद्ध जित निकाले नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । समूह ‘ए’ मा रहेको नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । यो समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन् ।  

नेपालले पहिलो खेलमा मलेसियासँग पाँच विकेटले र दोस्रो खेलमा कतारसँग ३२ रनको जित निकाल्दै दुवै खेलमा विजयी भएको थियो । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा भने साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा रहेको हङकङ पनि आज नेपाल विरुद्ध जितको खोजिमा हुनेछ ।  

यस्तै, हङकङविरुद्ध जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ नेपाली टोली मैदान प्रवेश गर्नेछन् । नेपाल र हङकङबीच हालसम्भ भएका ९ वटा टी–२० आई खेलमा दुबै टोलीले ४÷४ खेलमा जित निकालेका छन् । एउटा खेल भने वर्षाको कारण रद्द भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार