मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

रुपन्देही प्रहरीद्वारा अवैध कपडासहित ट्रक बरामद

Ujyalosandeshonline 12444+ समाचार ( )
२९ पौष २०८०, आइतबार
भैरहवा । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको अवैध कपडाहरुसहित ट्रक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शनिबार सिद्धार्थनगर नगरपालिका-८ स्थित सिटी अस्पताल चोकबाट उक्त अवैध सामान बरामद गरेको हो ।
 
मकवानपुको थाहा नगरपालिका–४ का ४२ वर्षिय रामचन्द्र खत्रीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी जान लागेको अवस्थामा सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टका अनुसार कन्टेनर (ट्रक) मा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा ५६० थान (१४६३६ मिटर), लेडिज जुत्ता ३४० जोर, नेट कपडाहरु १८९ थान ( ५१०४ मिटर) दोसल्ला ४४२ पिस र साडी ६१२ पिस कन्टेनर (ट्रक) सहित अन्दाजी ३० लाख ६२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।
 
स्थानीयबासीको रोहबरमा बरामद गरिएको कपडाहरुसहित ट्रक र मानिसलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको डीएसपी भट्टले जानकारी दिए ।
 
त्यस्तै रुपन्देही प्रहरीले आइतबार ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित बसन्तपुरबाट अवैध प्याज बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छली लु ८ प ११३५ र युपी५५जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसापसार गरेको अवस्थामा १३५ बोरा प्याज बरामद गरिएको प्रहरीले जनाएको छ ।
 
बेवारिसे अवस्थामा फेला परेको प्याज मोटरसाइकलसहित (अन्दाजी ४ लाख ५२ हजार ५ सय रुपैयाँ मूल्य बराबरको) बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको डीएसपी भट्टले जानकारी दिए ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार