मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन

Ujyalosandeshonline 12696+ समाचार ( )
तस्बिरः गोपाल दाहाल/रासस
२७ श्रावण २०८३, बुधवार

काठमाडौँ। प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका बाल सुधार गृहको भौतिक पूर्वाधार, क्षमता, जनशक्ति तथा बालबालिकाको अवस्था समेटिएको विस्तृत प्रतिवेदन ४५ कार्यदिनभित्र पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित समितिमा आज भएको बैठकले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अन्य सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी उक्त प्रतिवेदन तयार गर्न निर्देशन दिएको हो । बैठकले मुलुकभर सञ्चालित बाल सुधार गृहमा रहेको भौतिक पूर्वाधारको अवस्था, स्वीकृत क्षमता र वास्तविक सङ्ख्या, क्षमताभन्दा बढी बालबालिका राखिएको अवस्था तथा उमेर र कसुरको प्रकृतिअनुसार उपयुक्त व्यवस्थापन भए–नभएको स्पष्ट पार्न भनेको छ ।

साथै आवास तथा सरसफाइ, खानपान तथा पोषण, स्वास्थ्य सेवा, शिक्षा, मनोसामाजिक परामर्श, खेलकुद, सीप विकास, मनोरञ्जन, सुरक्षा व्यवस्था, बालमैत्री वातावरण तथा सुधार र पुनःस्थापनाका कार्यक्रमको अवस्थासमेत प्रतिवेदनमा समेट्न निर्देशन दिइएको छ । यसअघि समितिको स्थलगत अनुगमनबाट समेत कतिपय बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राखिएको, भौतिक पूर्वाधार अपर्याप्त रहेको तथा व्यवस्थापनमा समस्या देखिएकाले सुधारका लागि समितिले अग्रसरता लिएको हो ।

बाल सुधारगृहको भौतिक पूर्वाधार र मानव संसाधनको विस्तृत अवस्था, देखिएका समस्या, सुधार गर्नुपर्ने क्षेत्र तथा आवश्यक कार्ययोजनासहितको प्रतिवेदन समितिसमक्ष पेस गर्न भनिएको छ । समितिका सभापति आकृति अवस्थीको सभापतित्वमा भएको उक्त बैठकले सो मन्त्रालयलाई नेपाल सरकारको मातहतमा रहेका तथा निजी एवं सङ्घसंस्थाबाट सञ्चालित बाल गृह, वृद्धाश्रम र महिला सुरक्षित आवास गृहको तथ्याङ्क सङ्कलन गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार