मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

विनोद चौधरी भन्छन् – आर्थिक नीतिमा गम्भीर सुधार आवश्यक

Ujyalosandeshonline 12455+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

पोखरा । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशील बन्दै  आर्थिक नीतिमा गंम्भीर सुधार आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस गण्डकीको प्रथम प्रदेश सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै धनाढ्य नेता चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् ।

‘युवाहरूको भविष्य यही देशमा सुरक्षित छ र उनीहरूका सन्ततिको भविष्य यही देशमा उज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु,’ उनले भने, ‘हाम्रो जिम्मेवारी यही नै हो । यो संकल्प पुरा गर्न सकेनौं भने राजनीतिमा हाम्रो सान्दर्भिकतामाथि प्रश्न उठ्नेछ ।’

बेरोजगार मात्र नभइ राम्रो रोजगारीमा रहेका युवाहरू पनि धमाधम विदेश पलायन हुनु ठूलो चिन्ताको विषय भएको उनले बताए । ‘हामीले उनीहरू र उनीहरूका सन्ततिको भविष्य यही देशमा सुरक्षित छ भनेर सुनिश्चित गर्नुपर्छ,’ उनले भने ।

मुलुकको आर्थिक सुधारको नेतृत्व विगतमा कांग्रेसले लिएको स्मरण गराउदै उनले अब फेरि दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने समय आएको जिकिर गरे ।  ‘पार्टीले यो दिशामा वृहत् गृहकार्यका साथ निर्णय लिनेछ भन्नेमा मेरो विश्वास छ,’ उनले भने ।

आगामी निर्वाचनमा कम्तिमा २५ लाख युवाहरू पहिलोपटक मतदाताका रुपमा अघि आउने भएकाले उनीहरु निर्णायक हुने नेता चौधरीले बताए । ‘ती नयाँ मतदाताको रोजाइमा पर्न अहिलेदेखि नै काम गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार