मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

रुपन्देहीमा दुई दिनमा ९ लाख बराबरको अवैध सामान बरामद

Ujyalosandeshonline 12457+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीमा सशस्त्र प्रहरीले दुई दिनको अवधिमा झण्डै ९ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वार्टरबाट खटिएको टोलीले जिल्लाका विभिन्न नाकाहरूबाट अवैध रूपमा भित्र्याइएका सामग्रीहरू नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दुर्गा बहादुर थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–२ स्थित केवटलिया र मेउडिहवा क्षेत्रबाट ठूलो परिमाणमा लत्ताकपडा र फूलहरू बरामद गरिएको छ। भारतबाट लुकिछिपी ल्याइएको २ लाख ५७ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडालाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ भने बरामद गरिएका विभिन्न प्रजातिका फूलहरूलाई प्लान्ट क्वारेन्टाइन कार्यालयको रोहबरमा नष्ट गरिएको छ।

यसैगरी, सियारी गाउँपालिका–२ स्थित एक टहरामा लुकाइराखिएको ४ लाख ४० हजार रुपैयाँ बराबरको केरा र ढुवानीमा प्रयोग गरिएको एक थान मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद केरालाई खाडलमा पुरी नष्ट गरिएको छ भने मोटरसाइकललाई कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। दुई दिनको यस कारबाहीमा कुल ८ लाख ७७ हजार ३ सय ५० रुपैयाँ बराबरको सामान बरामद भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार