मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

Ujyalosandeshonline 12461+ समाचार ( )
२० पौष २०८१, शनिबार

मकवानपुर  । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् । 

प्रतियोगितामा सिनियरतर्फको उद्धाटन खेलमा वडा नम्बर ३ र ७ बीच प्रतिस्पर्धा हुने भएको छ । उद्धाटन खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दोस्रो दिन २५ गते वडा नम्बर ४ र १० बीच तथा वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै २७ गते वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै जुनियरतर्फ पौष २६ गते ११ नम्बर र १२ बीच र २७ गते वडा नम्बर १ र २ बीच प्रतिस्पर्धा हुनेछ । बकैया–३ स्थित बकैया रंगशालामा प्रतियोगिता सञ्चालन हुने छ । 

यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको हो । यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममाच बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए । 

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको खेल तालिका सार्वजनिक कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष आषिश तितुङ, २ का विश्वराज स्याङ्तन, ३ का भुमल सिं घलान, ४ का कार्यवाहक विजय भोलन, ५ की लक्ष्मी जिम्बा, ६ का फुल बहादुर भोम्जन, ७ का मान बहादुर सिंतान, ८ का विष्णु नेगी, ९ का टंकध्वज लोप्चन, १० का कमला वाईबा,११ कार्यवाहक अध्यक्ष गोपाल न्यासुर, १२ ज्ञानेन्द्र बजगाईर कार्यपालिका सदस्य लोकेन्द्र माझी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार