मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

भ्रष्टाचार र कमीसनमा सम्झौता गर्दा हवाई यातायात असुरक्षित भयो : खनाल

Ujyalosandeshonline 12461+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

काठमाडौं । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार र कमीसनमा सम्झौता गर्ने प्रवृत्ति सरकार भित्रै रहेका कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्षित ?’ विषयक अन्तरक्रियामा उनले हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरुमा सरकारले गम्भिरतापूर्वक कदमहरु नचालेको कारण हवाइ यातायात सुरक्षित हुन जसकेको बताए ।

उनले भने, ‘हवाई यातायातको विकास भएको लामो समय भएको छैन् तरपनि यो अवधीमा हवाई यातायातलाई जुन तरिकाले सुरक्षित गर्नुपर्ने थियो, त्यो सुरक्षित गर्ने कुराहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरु, ऐन, कानूनहरु पालना भएका छैनन् । कानूनहरुलाई पालना गर्ने र हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरुमा  सरकारले गम्भीरतापूर्वक लिन सकेन् । भ्रष्टाचार र गलत प्रवृत्तिसँग सधैँ सम्झौता गर्ने प्रवृत्ति सरकार भित्रै छ । सोही कारणले हवाई यातायात सुरक्षित हुन सकेको छैन् ।’

यसका साथै, उनले नेपालको शासन सत्तामा दलाल पुँजीपति वर्गान दलालीहरु मात्र रहेको बताए ।

उनले भने, ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिष्ट पार्टी समेत राखिएको छ । तर कम्युनिष्ट पार्टीका नाम राखेपनि तीनिहरु वास्तवमा दलाल पुँजीपति वर्गभित्र दलाली गर्ने बाहेक अरु कोही पनि छैनन् । यही कमीसनको भोकले नेताहरु एकपछि अर्को विक्री भइरहेको, कमिशनखोरहरुले उनीहरुलाई खरिद गरिरहेका छन् । जसका कारण देशमा विकृती र विसंगती बढ्दै गएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार