मुख्य समाचार
रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद | प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता : महत्वपूर्ण सम्झौता र आयोजना उद्घाटन हुने | नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न | बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद | गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने | सभामुख अर्यालद्वारा ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन | कटुवा पेस्तोलसहित एक महिला पक्राउ | नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग |

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

Ujyalosandeshonline 12709+ समाचार ( )
१७ अशोज २०८३, शनिबार

गण्डकी । स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले गत वर्ष असोजदेखि सुरू गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म यस्ता ८ ८२ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।यस अवधिमा ३६ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार मात्र स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अगाडि बढाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा ‘अपरेशन ३६५’ सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । समाजमा आतङ्क सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइ कारबाही गर्ने गरिएको उहाँले बताउनुभयो । कतिपय मोटरसाइकल चालकलाई सम्झाइबुझाइ परिवारको जिम्मा लगाउने गरिएको छ । मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, समाजमा त्रास सिर्जना गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल र तिनका चालकलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याइएको हो ।

मोटरसाइकलका पार्टपुजा फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूषण गर्ने, समाजको शान्ति सुव्यवस्था खल्बल्याउनेजस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन ‘अपरेशन ३६५’ सञ्चालन गरेको हो । प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको गोपनियता कायम राखिने जनाइएको छ ।

स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम रु १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । कास्की प्रहरीले गत वर्ष पनि अभियानकै रूपमा यस प्रकृतिका मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार