मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

लुम्बिनीको युनिभर्सल पीस सेन्चुरीका बारेमा स्वीजरल्याण्डमा जानकारी दिइने

Ujyalosandeshonline 12457+ समाचार ( )
३ माघ २०८१, बिहीबार

काठमाडौं । लुम्बिनीमा निर्माण हुन लागेको युनिभर्सल पीस सेन्चुरीका बारेमा स्वीजरल्याण्डको डेभोसमा आयोजना हुने एक अन्तर्राष्ट्रिय समारोहमा जानकारी गराइने भएको छ । विहीबार पत्रकार सम्मेलनको आयोजना गरी बौद्ध धर्मगुरु श्यालपा तेन्जिङ रिन्पोछेले विश्वका विभिन्न मुलुकबाट शान्तिको कामना गर्न आउनेहरुलाई गौतमबुद्धको बारेमा जानकारी दिन र प्रचारप्रसार बढाउने उद्देश्यले लुम्बिनीमा निर्माण हुने युनिभर्सल पीस सेन्चुरीका बारेमा अन्तर्राष्ट्रिय फोरममा बृहत जानकारी दिइने बताए । 

स्वीजरल्याण्डको डेभोसमा हुने वल्ड इकोनोमिक फोरम समारोहमा यही २१–२५ जनवरीसम्म आयोजना हुने फोरम युनिभर्सल पीस सेन्चुरीको बारेमा जानकारी दिन लागिएको श्यालपा तेन्जिङ रिन्पोचेले बताए । 

‘विश्व शान्ति धाम स्वरुप निर्माण हुने युनिभर्सल पीस सेन्चुरीका बारेमा अन्तर्राष्ट्रिय स्तरको फोरममा जानकारी दिन जाँदैछु । यसले विश्वभरीमा नेपाल चिनाउन र नेपाल तपोभूमि बनाउन सहयोग पुर्याउने छ र सहयोग जुट्नेछ,’उनले भने,‘लुम्बिनी हार्डवेयर जस्तो भयो अब सफ्टवयेर बनाउनेगरी हामी जुटेका छौं । आर्थिक रुपमा समृद्ध बनाउन र धेरै व्यापारीहरुले लगानी गर्नसक्ने बनाउन सक्नेछौं । अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमार्फत पनि थप जानकारी दिनेछौं,’धर्मगुरुले भने । 

लुम्बिनीमा निर्माणाधिन युनिभर्सल पिस सेन्चुरीले संसारका विविध जटिल समस्याहरुको समाधानका लागि वार्ता तथा छलफल गर्ने र भगवान गौतम बुद्धको उपदेशलाई संसारभर जानकारी गराउन स्थापना हुने पनि उनले जानकारी दिए । ‘ स्वीजरल्याण्डको फोरममा व्यापारी, योजनाकार, कुटनीतिज्ञहरु आउनुहुनेछ । उहाँहरुलाई पीस सेन्चुरीका बारेमा जानकारी गराउनेछु,’उनले भने । जनवरी २९ मा पत्रकार सम्मेलन गरेर वल्र्ड पीस फोरमको पनि घोषणा गरिने उनले जानकारी दिए । 

शान्ति, करुणा र मानवीय समझदारीको माध्यमबाट मात्र युद्ध र द्वन्द्वको विकल्प खोज गर्न सकिन्छ भन्ने उद्देश्यले युनिभर्सल पीस सेन्चुरीको मुख्य उद्देश्य रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार