मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |
मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |


भैरहवामा जेठ ९ र १० गते 'सिद्धार्थ फुड एण्ड फन' महोत्सव हुने, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने

Ujyalosandeshonline 12444+ समाचार ( )
२ जेठ २०८३, शनिबार

भैरहवा । सिद्धार्थ हस्पिटालिटी ग्रुपले आगामी जेठ ९ र १० गते भैरहवामा दुई दिने वृहत् खाना महोत्सव ‘सिद्धार्थ फुड एण्ड फन’ आयोजना गर्ने भएको छ। भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा आयोजना हुने यस महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मको स्वाद एउटै थलोमा उपलब्ध गराइने भएको हो।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका सिईओ कृष्ण न्यौपानेका अनुसार महोत्सवमा नेपालका विभिन्न क्षेत्रका मौलिक स्वादलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। महोत्सवमा नेवारी, हिमाली, थारु, मध्यपश्चिम तथा पूर्वी भेगका परम्परागत खानाका साथै कन्टिनेन्टल, भारतीय, चिनियाँ, अरेबिक तथा मेडिटेरियन परिकारका विशेष स्टलहरू रहनेछन्। नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटी ग्रुपअन्तर्गतका विभिन्न आउटलेटमा कार्यरत सेफहरूले यस महोत्सवमा आ–आफ्नो भेगका विशेष परिकारहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्।

खानाका परिकारहरूसँगै महोत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन विभिन्न प्रतियोगिता र गतिविधिहरू समेत समावेश गरिएको छ। महोत्सवमा खाना खाने प्रतियोगिता, घरेलु खाना पकाउने प्रतियोगिता, बालबालिकामुखी खेलहरू तथा विभिन्न सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। खाना पकाउने प्रतियोगितामा भाग लिन इच्छुक सहभागीहरूका लागि सिद्धार्थ भिलासा भैरहवामा सम्पर्क गरी नाम दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ।

महोत्सवको अर्को मुख्य आकर्षण राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रमको पहिलो दिन अर्थात् जेठ ९ गते चर्चित गायिका समीक्षा अधिकारी र गायक अर्जुन सापकोटाले दर्शकलाई मनोरञ्जन गराउनेछन् भने दोस्रो दिन जेठ १० गते प्रख्यात गायक दीपक बज्राचार्य र उनको ब्याण्डको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यसका साथै दुवै दिन लुम्बिनी क्षेत्रका स्थानीय कलाकारहरूले लोक तथा सांस्कृतिक प्रस्तुतिहरू दिनेछन्।

दैनिक दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने यस महोत्सवमा आगन्तुकहरूले कुपन प्रणालीमार्फत आफूलाई मनपर्ने परिकारहरूको स्वाद लिन सक्ने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका क्षेत्रीय कार्यकारी निर्देशक महेन्द्र न्यौपानेले जानकारी दिए।

यो कार्यक्रम विशुद्ध व्यापारिक प्रयोजनका लागि मात्र नभई सामुदायिक जमघट, नेपाली रैथाने परिकारको प्रवर्द्धन, आन्तरिक पर्यटनको विकास र भैरहवा क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रयास स्वरूप आयोजना गरिएको निर्देशक न्यौपानेको भनाइ छ। सिद्धार्थ ग्रुपले यसअघि अन्य विभिन्न सहरहरूमा वियर फेस्ट, मःमः महोत्सव र फुड फेस्ट जस्ता कार्यक्रम गर्दै आएको भए तापनि भैरहवामा भने यो पहिलो आयोजना हो।

पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म सञ्जाल विस्तार गरेको सिद्धार्थ हस्पिटालिटी ग्रुपले आफ्नै लगानी तथा व्यवस्थापनमा हाल देशभर ३० वटा आउटलेटहरू सञ्चालन गर्दै आएको छ, जसका माध्यमबाट करिब २५०० जनाले रोजगारी पाएका छन्। यस ग्रुप अन्तर्गत हाल पाँचतारे स्तरमा 'सिद्धार्थ भिलासा', चारतारे स्तरमा 'सिद्धार्थ वैभव', तीनतारे स्तरमा 'सिद्धार्थ बाटिका' ब्रान्डका साथै सिद्धार्थ कटेज र सिद्धार्थ क्याफेहरू सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार