पहिरोले घर पुरिँदा एकको मृत्यु

रासस 685+ समाचार ( )
१० अशोज २०८३, शनिबार

बागलुङ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा परी मृत्यु भएको छ । गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका-५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो । घरमा आशिंक क्षति पुगेको जनाउँदै रोका सुत्नेकोठामा रहेकाले पहिरोले पुरेको प्रहरी उपरीक्षक प्रसाईंले बताउनुभयो । अहिले स्थानीयको सहायतामा पहिरोबाट शव निकाल्ने काम भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार