मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

जातीय भेदभाव गर्ने पूर्व उपाध्यक्ष गिरी पक्राउ

Ujyalosandeshonline 12457+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

झापा । इलाका प्रहरी कार्यालय अनारमनीले हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ । उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार गरेको कसुरमा जाहेरी दर्ता भएको थियो ।

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।

पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका तत्कालिन प्रमुख पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए । चैत १८ गते हल्दीबारीमा पार्र्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए । 

फोन मार्फत दलित अधिकारको क्षेत्रमा नेतृत्व गर्ने पोर्तेललाई जातको आधारमा अपमान र विभेद गर्ने गिरीलाई कानुनी कारबाही गर्न झापाका दलित संघ संगठनहरुले संयुक्त रुपमा अपील समेत गरेका थिए ।

पोर्तेलमाथि गिरीले गरेको दुब्र्यबहार बिरुद्ध झापाका दलित संघ संस्थाका प्रतिनिधिले बिज्ञप्ती जारी गरेर कारवाहीको माग गरेका थिए । पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार