मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

स्थानीय उत्पादन र स्वास्थ्यमा जोड दिन मन्त्री सारुको आग्रह

Ujyalosandeshonline 12461+ समाचार ( )
तस्विर : होम राई मगर
६ पौष २०८२, आइतबार

पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले ग्रामीण क्षेत्रमा उत्पादन हुने सामग्रीको वृद्धि गरी आयातभन्दा निर्यातमा ध्यान दिनुपर्ने बताउनुभएको छ। पाल्पाको निस्दी-६, अर्चलेस्थित देउराली सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री सारुले सो कुरा बताउनुभएको हो ।

मन्त्री सारुले आर्थिक आयवृद्धिका लागि स्थानीय उत्पादन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै स्वास्थ्यप्रति सचेत रहन र खानपिनमा ध्यान दिन सुझाव दिनुभयो। उहाँले प्रदेश सरकारले स्वास्थ्य बीमा र दीर्घ रोगीहरूको उपचारका लागि सहज वातावरण बनाउन पहल गरिरहेको जानकारी दिँदै निस्दी गाउँपालिकाले सञ्चालन गरेको बालविवाह विरुद्धको अभियानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले जमिन बाँझो नराखी कृषि र कफी खेतीमा लगानी गर्न जोड दिनुभयो। त्यस्तै, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पाण्डेयले कर्जाको सही सदुपयोग गर्न र वडा अध्यक्ष मेख बहादुर सुनारीले स्थानीय उत्पादनको बजारीकरणमा सहकारीले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

संस्थाका व्यवस्थापक अर्जुन बयम्बुले ४ करोड १५ लाख ९४ हजार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त साधारणसभामा उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरू नेत्र फाल र अनुपा राई, उत्कृष्ट बचतकर्ता, उद्यमी, असल ऋणी र १२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। साथै, १२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो।संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव होम राई मगरले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार