मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

युवा क्रिकेटर प्रोत्साहन गर्न देशभर क्रिकेट हुँदै

Ujyalosandeshonline 12444+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौं । युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।

हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा आगामी माघ ९ देखि १२ गतेसम्म नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुन लागेको हो ।

देशभरका कलेजलाई सहभाी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागिकएको हाइपएतीको सिइओ एलिजा थापाले बताइन् । छनोट प्रतियोगिता आगामी

पुस ३ गते हुने आयोजकले जनाएको छ । ईटहरी, जनकपुर, बुटवल,पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन् । सात प्रदेश र आयोजकको एक गरी कुल ८ टोलीले टी टेनमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।

हाइपएती इभेन्ट्सले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । नकआउटका आधारमा हुने यस प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्र प्रतिष्पर्धा गर्न पाउनेछन् ।

ई प्लानेटका कार्यकारी चेयरमान नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता सुरू गरेको बताए ।

प्रतियोगिकाको प्रदेश विजेताले ५० हजार रूपैयाँ पाउनेछ । राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ र उपविजेताले  ५० हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् ।

प्रतियोगितामा कुल ५७ वटा टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यो प्रतियोगिताले नेपालभरका हाईस्कूल खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने भएकाले राष्ट्रिय खेलाडी बन्ने वातावरण पनि निर्माण हुने आशा गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै