मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

कृषकका स्याउ कुहिदैनन्, सहज रुपमा बजारीकरण गरिन्छ : ज्ञानकेन्द्र प्रमुख

Ujyalosandeshonline 12448+ समाचार ( )
५ अशोज २०८२, आइतबार

बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम साहानीले कृषकले उत्पादन गरेका स्याउ कुहिन नदिने बताएका छन् । बाजुराका स्याउ कृषकले आफ्नो बारीमा उत्पादन गरेका स्याउ कुहिन नदिई सहज रुपमा देशका ठुला शहरमा सहज बजारीकरण गरिने उनले बताए । 

ढुवानी नहुँदा चिन्तामा परेका कृषकहरुलाई ज्ञान केन्द्र प्रमुख साहानीले कुनै चिन्ता नलिन हुन आग्रह समेत गरेका छन् । कतिपय कृषकका स्याउ कर्णाली करिडोर हुँदै बजारीकरण भइरहेको र अन्य कृषकहरुका पनि स्याउ बजारीकरण गरिने बताएका हुन् । 

मार्तडी–कोल्टी सडकखण्ड खुल्न नसक्दा स्याउ बजारीकरणको लागि पर्खेका कृषकहरुको स्याउ अहिले ज्ञान केन्द्रको समन्वयमा कर्णाली करिडोर हुँदै बजारीकरण भइरहेको र ढुवानीमा रकम प्रक्रिया पुगिसके पछी कृषकहरुकै खातामा जम्मा गरिने साहानीले बताए ।

अहिले कृषकहरुलाई केन्द्रको समन्वयमा ढुवानी गर्न भनेका छौ,पछि ढुवानी भएर स्याउ विक्रिवितरण भइसकेपश्चात् स्याउ बजारीकरणको स्लिपलगायतका कागजात सङ्कलन गरि कृषकहरुकै हातमा रकम दिइने उनको भनाइ छ । 

कतिपय कृषकहरुले स्याउ बजारीकरणको लागि अझै निवेदन दिइरहेका छन् । निवेदन परेका आधारमा कृषकहरुका लागि स्याउ ढुवानी अनुदान रकम दिइने ज्ञान केन्द्र प्रमुख साहानीले बताए । एकहप्ताको लागि सूचना जारी गरेका छौं । २० बढि कृषकहरुका निवेदन परेका छन् । निवेदन पश्चात प्रक्रिया पूरा गरि ढुवानी रकम उपलब्ध गराइने उनको भनाइ रहेको छ । 

बाजुरामा गत बर्षको भन्दा यो बर्ष स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ । बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ जहाँ  जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ । 

बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको हिमाली,स्वामिकार्तिक,जगन्नाथ,बुढिनन्दा,गौमुल लगायतका पालिकामा स्याउ उत्पादन हुने गरेको छ । हरेक बर्ष बाजुरामा राम्रो मात्रामा स्याउ उत्पादन भए पनि समयमै ढुवानी नहुँदा कुहिने गरेका छन् । कतिपयले बजारिकरण गर्न नसक्दा स्याउ काटेर गाईबस्तुलाई समेत दिने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार