मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

सेनिटरी प्याड खरिद प्रकरणमा धनुषाको शहीदनगरका पूर्वप्रमुखसहित नौ जनाविरुद्ध मुद्दा

Ujyalosandeshonline 12444+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

काठमाडौं । सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख, उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

काठमाडौंस्थित विशेष अदालतमा आइतबार मुद्दा दायर भएको हो । मुद्दा पूर्वप्रमुख उदयकुमार यादव, उपप्रमुख शीलादेवी कापर, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, श्रीमावि हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सवइन्जिनियर सरोजकुमार महतो र धनुषाको रेजा ट्रेडिङ एवं रेजा टुडे पत्रिकाका प्रकाशक अकबर मन्सुरविरुद्ध दायर गरिएको आयोगले जनाएको छ । 

सेनेटरी प्याड खरिदका लागि नगरपालिकाले रेजा ट्रेडिङलाई १३ लाख ९३ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी दिएको थियो । आयोगका अनुसार खरिद सम्झौता २०७७ फागुन १९ मा भएको थियो । तर, आपूर्ति त्यसको ६ दिनअघि नै भएको खुलेको छ ।

सेनेटरी प्याड आपूर्तिका लागि सूचना रेजा दैनिकमा प्रकाशित गरेर खरिद सम्झौता गरिएको त्यसबेला नगरपालिकाले जनाएको थियो । तर, आयोगले सूचना उक्त पत्रिकामा प्रकाशित नै नभएको दाबी गरेको छ । बदनीयतपूर्ण ढंगले खरिद सम्झौता भएको पाइएको भन्दै आयोगले मुद्दा दायर गरेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार