मुख्य समाचार
रामनरेश यादव आदर्श नमुना मावि धकधईको विव्यस अध्यक्षमा मिश्र सर्वसम्मत | भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता | ‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ | रेसुंगामा साउने मेलाको भेटी गणना सुरु | शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय | धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद |

खेलाडिहरुलाई घोषणा गरेकोे पुरस्कार नदिएको विषयप्रति खेलकुदमन्त्रीलाई ध्यानाकर्षण

Ujyalosandeshonline 12083+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

मकवानपुर । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडि संघले खेलकुदमन्त्री मीनकृष्ण महर्जनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । विहिबार खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठसहितका टोलिले मन्त्री महर्जन समक्ष ज्ञापनपत्र बुझाएको हो । 

तत्कालिन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट विभिन्न पदक प्राप्त खेलाडिहरुलाई पुरस्कार दिईने भनेर घोषणा गरेकोे २ वर्ष समय पुग्दा पनि पुरस्कार नदिएको विषयप्रति खेलाडिहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

ज्ञापनपत्रमा २०७९ साल कार्तिक महिनामा सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी स्वर्ण, रजत तथा कास्य पदक प्राप्त गरेका खेलाडिहरुलाई प्रोत्साहन स्वरुप प्रदेशबाट नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा भएपनि हालसम्म पनि पुरस्कार नपाएकाले खेलाडिहरुमा निराशाजनक अवस्था सिर्जना भएको ज्ञापनपत्रमा उल्लेख छ ।

पूर्वघोषित पुरस्कारमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार पुरस्कार रहेको थियो ।

खेलाडिहरुले पुरस्कार रकम २ करोड २४ लाख रुपैयाँ  माग गरेका छन् । ध्यानाकर्षण बुझदै मन्त्री महर्जनले पुरस्कार माग रकम खेलकुदको निति नियम भन्दा माथि भएकाले अर्थ मन्त्रालयले बजेट उपलब्धमा सहमति नजनाएको बताएका छन् ।

उनले आफु पनि खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडिको मर्का बुझ्दै पुरस्कार वितरण कार्यलाई तीब्रता दिइएको बताए । लगानी बढाउँदै खेलकुद पूर्वाधारको विकास र खेलाडिको हितका लागि मन्त्रालयले तीब्रताका साथ काम गर्ने उनले बताए ।

मन्त्रालयले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार