मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

प्रदेशस्तरीय यु–१६ क्रिकेटः लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी

Ujyalosandeshonline 12457+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

भैरहवा । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै जित निकालेको हो । यद्यपि यी दुबै टिम उपाधि होडबाट बाहिरीसकेका छन् । उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ ।

बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाएर २ सय ४ रनको बलियो योगफल खडा गर्यो । जसमा आदित्य ढकालले ५७ रनको अर्धशतकीय इनिङ खेले भने निराजन थापाले ४७, हेमन्त आचार्यले २४, केशव बिष्टले २२ र उत्सव चलाउनेले १९ रनको योगदान गरे । बलिङमा बाँकेका निखिल धनकुट्टा र निराजन चन्दले २–२ तथा सिनब श्रेष्ठ र मोहम्मद इब्राहिम मियाँले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बाँके २८ ओभर ३ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयो । उसका लागि विशालकुमार थापाले ३४, भुवन शाहीले ३२, दिव्यान्स बर्माले २९ र आषिश नाउले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३, आकाश थापा र संयकजंग थापाले २–२ तथा सिर्जन भुजेल र आयन खड्काले समान १–१ विकेट हात पारे । खेलमा बर्दियाका आदित्य ढकाल प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जनाए ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार