मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

महाधिवेशनको तयारीमा मोबाइल व्यवसायी, संचारमन्त्रीले उदघाटन गर्ने

Ujyalosandeshonline 12457+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्ने भएको छ । महासंघले विहीबार पत्रकार सम्मेलन गरी आगामी जेठ २५ गते काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एण्ट इभेण्ट्स प्रालिमा दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्न लागिएको जानकारी दिइयो ।

महासंघका महासचिव रमेश घिमिरेले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभाको उदघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट हुने बताए । साथै, महाधिवेशनमा नेपालभरबाट करिब एक हजारभन्दा बढी व्यवसायी सहभागी रहने उनको भनाइ छ ।

महाधिवेशनले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ७, महासचिव, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी १४ जना पदाधिकारी र वरिष्ठ सदस्य एक जना र ३४ जना केन्द्रीय सदस्य चयन गर्ने उनले बताए ।

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायमा लगानीपछिको नाफा घट्दो अवस्थामा रहेको बताउ । उनले अहिले मंहगो रेटका मोबाइल सेट ग्राहकको रोजाइमा परिरहेको भएपनि भन्सार छलीका मोबाइल भित्रिदा ब्यव्सायीहरु मारमा परेको बताए ।

उनले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट नेपालमा विदेश भ्रमणमा जाँदा र आफन्तहरुले विदेशबाट पठाउँदा आइरहेको बताए । त्यस्तै, खुल्ला सीमानबाट राजश्व छली गरेर प्रति महिना पाँच हजार पाँच सयका दरले नेपालमा आइरहेको महासंघको तथ्याङ्क छ । राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने महासंघको माग छ ।

यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ । साथै, सेकेण्ड ह्यान्ड मोबाइलको कारोबारमा सरकारको नीति प्रष्ट हुन आवश्यक रहेको उनले बताए । नीति स्पष्ट नहुँदा व्यवसायीहरु मारमा परेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार